अमेरिका । कलाकारहरूको अन्तर्राष्ट्रिय सङ्गठन अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाले वरिष्ठ गायिका कुन्ती मोक्तान र वरिष्ठ सङ्गीतकार एवम् गीतकार शिला बहादुर मोक्तानलाई अमेरिकामा आयोजित एक बिशेष कार्यक्रममा अभिनन्दन गरेको छ ।
अमेरिकाको भर्जिनिया मनाससमा आयोजित वरिष्ठ गायिका कुन्ती मोक्तान र वरिष्ठ सङ्गीतकार एवम् गीतकार शिला बहादुर मोक्तान सुमधुर साँझका अवसरमा उनीहरूलाई अभिनन्दन गरेको हो ।
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष एवम् वरिष्ठ लोक तथा दोहोरी गायक रामप्रसाद खनालले उनीहरूलाई अभिनन्दन गर्दै अभिनन्दन पत्र, मञ्चको अति सम्मानित मानार्थ सदस्यता र विशेष पदक पनि प्रदान गरेका थिए । मञ्चका बोर्ड अफ डाइरेक्टरहरू वरिष्ठ चलचित्र नायिका पूजा लामा, वरिष्ठ कोरियो ग्राफर, निर्देशक द्वय नबिन केसी र लुना श्रेष्ठले मञ्चका तर्फबाट मोक्तान दम्पतीलाई खादा र मालाले सम्मान गरेका थिए ।
यसै गरी कार्यक्रममा मेरिल्यान्ड राज्यका डेलिगेट्स ह्यारी भण्डारीले पनि मोक्तान दम्पतीलाई आफ्नो पदीय हैसियतबाट सम्मान पत्र प्रदान गरिन् । सो अवसरमा मोक्तान दम्पतीले भण्डारी र प्रायोजकहरूलाई पनि मायाको चिनो प्रदान गरेका थिए ।
अन्तर्राष्ट्रिय कलाकार मञ्च, अमेरिकाका अध्यक्ष खनालले चार दशक भन्दा लामो गीत सँगीतको ईतिहास बोकेका यस्ता महान कलाकारहरुलाई अभिनन्दन गर्दा मञ्च र आफु अत्यन्त हर्सित भएको बताए । २६ र २७ बर्ष अघि आफुले गाएका, रेडियो नेपालबाट प्रसारित र म्युजिक नेपालबाट प्रकाशित आफ्ना गीतहरुमा संगीत संयोजन शिला बहादुर मोक्तानलाई आफुले कहिलै बिर्सिन नसक्ने उनले बताए ।