बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

लाइसेन्समा वर्ग थपका लागि आवेदन खुल्यो

मंगलबार, जेष्ठ ३१ २०७९

काठमाडौं ।  यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) मा वर्ग थपका लागि आवेदन खुलाएको छ।

विभागले गएराति ९ बजेदेखि वर्ग थपको लागिसमेत अनलाइन प्रणालीमार्फत आवेदन खुलाएको हो।

यसअघि विभागले सवारी चालक अनुमति पत्रको लागि नयाँ सवारी चालक अनुमति पत्रको लागि मात्रै आवेदन खुलाएको थियो।

विभागअन्तर्गत सूचना प्रविधि शाखाका इन्जिनियर सन्तोष पोखरेलले एक सूचना जारी गर्दै वर्ग थप गर्न समेत अनलाइन आवेदन दिन सकिने जानकारी दिएका छन् ।