बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

मिसेस एण्ड मिस गुरुङ २०२२, सिजन-३ को अडिसन सम्पन्न

सोमबार, जेष्ठ ३० २०७९

काठमाडौं  । एस के ईन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुनगईरहेको मिसेस एण्ड मिस गुरुङ २०२२, सिजन ३ को पहिलो अडिसन सम्पन्न भएको छ।  राजधानीमा सम्पन्न अडिसनमा काठमाडौं भित्र तथा काठमाडौं बाहिरबाट ४० जना प्रतियोगीहरुको उपस्थिती थियो ।

गुरुङ समुदायका अबिबाहित र बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा नायक रमेश उप्रेती, कोरियोग्राफर रोजिन शाक्य, नायक आनन्द गुरुङ, मिसेस गुरुङ-२०२१ चिनीमाया गुरुङ,   मिसेस गुरुङ-२०२१ फर्स्ट रनरअप पुजा गुरुङ, मिसेस तामाङ-२०२० आकृति तामाङ,  मिस ईण्डीजिनियस-२०२१ नम्रता तामाङ, मिस गुरुङ-२०२१ सुस्मिता गुरुङ र चलचित्र निर्देशक दिप गुरुङ निर्णायक मण्डलको उपस्थितीमा अडिसन सम्पन्न भएको थियो ।

गुरुङ जातिको कला संस्कृति भेषभूषा, रिति-रिवाज एबम रहन(सहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित गुरुङसेनी, गृहिणीरव्यवसायिक महिला दिदी-बहिनी मार्फत अन्य जन जाति, समाज, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्धन र सामाजिकीकरण गर्ने उदेश्यले बिगत ३ बर्ष देखि आयोजना गरिँदै आएको मिसेस एण्ड मिस गुरुङ-२०२२ सिजन -३ समग्र जनजातिहरुको प्रतिनिधित्वमुलक सौन्दर्य प्रतियोगिता हो । उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन् ।

प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिने छ ।