बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु , सनाखत हुन बाँकी

सोमबार, जेष्ठ ३० २०७९

बारा । बाराको महागढीमाई नगरपालिका–८ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 
मोटरसाइकल थलही पुलबाट अनियन्त्रीत भई अन्दाजी २५ फिट तल खसेको थियो । 

दुर्घटनामा गम्भीर घाइते भएका अन्दाजी ३० बर्षीय दुई जना पुरुषको उपचारको क्रममा कलैया अस्पतालमा राति सवा ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवैको सनाखत हुन बाँकी रहेको छ । 

बरियापुरबाट लैगडाचोक तर्फ जादै गरेको प्रदेश ०२–०३–००४ प ७९३४ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई गएराती साढे १० बजे थलही पुलबाट तल खसेको थियो ।