बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एआईजीपी पोखरेल: आईजीपीसँग नझुक्ने जेसुकै कारवाही भाेग्नु तयार ?

सोमबार, जेष्ठ ३० २०७९

काठमाडौँ – वर्तमान आईजीपी धिरज प्रताप सिंह भन्दा एआईजीपीमा १६ महिना जेष्ठ रहेकाले नेपाल प्रहरीको महानिरीक्षकका प्रबल दावेदार अतिरिक्त प्रहरी महानिरीक्षक विश्वराज पोखरेल सत्ता राजनीतिको कारण अहिले किनारामा परेर मुद्दा खेपिरहेका छन् ।

उनको प्रमुख दावी रहेको महानिरीक्षक पद आफैंले एआईजीपीकाे फुली लगाइ दिएका धिरज प्रताप सिंहले उछिट्याएपछि न्यायका लागि सर्वाेच्च अदालत पुगेका पोखरेलले अहिलेसम्म निराशा मात्र हात पारेका छन् । सर्बाेच्च अदालतले मुद्दाकाे पेशी २०७९ जेठ ३० गतेका लागि ताेकेकाे छ ।

गठबन्धन सरकारले आफूभन्दा कनिष्ठ अतिरिक्त महानिरीक्षक र आफैंले अतिरिक्त महानिरीक्षकको फुली लगाइदिएको धिरज प्रताप सिंहलाई महानिरीक्षक मानेर सलाम गर्नुपर्ने अवस्था आएपछि २०७९ वैशाख १९ गतेबाट ३० दिनको बिदा लिएर आफूमाथि अन्याय प¥यो भन्दै सर्वाेच्च अदालतको ढोका ढकढक्याउन पुगेका पोखरेल अहिले आएर महाकाे धर्मसंकटमा परेका छन् । सर्वाेच्च अदालतमा उनले दिएको रिटमाथि तत्काल निर्णय नभएको अवस्था छ ।      

अतिरिक्त महानिरीक्षक पोखरेलको ३० दिने घर विदा २०७९ जेष्ठ २४ गते समाप्त भएकाे छ । प्रहरी नियमावली २०७२ अनुसार ३० दिने विदा समाप्त भएको भोलिपल्ट अर्थात आगामी २०७९ जेठ २५ गते आफ्नो जिम्मेवारी सम्हाल्न अतिरिक्त महानिरीक्षक पोखरेल प्रहरी प्रधान कार्यालयमा अनिवार्यरूपमा उपस्थित हुनुपर्ने थियाे ।

अझै सर्वाेच्च अदालतको निर्णयलाई पर्खिएर र धिरज प्रताप सिंहको मातहतमा नरहने मनसाय राख्ने हो भने अतिरिक्त महानिरीक्षक पोखरेलले आगामी जेठ २५ गतेबाट घरविदा थप्नुपर्नेमा  । तर, उनले मागेकाे १० दिनकाे थप  घर विदा प्रहरी महानिरीक्षक सिंह अस्वीकृत गरेका छन् ।

अतिरिक्त महानिरीक्षक पोखरेलले मागेकाे १० दिनकाे थप  घर विदा प्रहरी महानिरीक्षक सिंहले अस्वीकृत गरेका छन् । अहिले अतिरिक्त महानिरीक्षक पोखरेल प्रहरी प्रधान कार्यालयमा हाजिर नहुने, जे कारवाही गरे पनि भाेग्ने । सर्बाेच्च अदालतकाे निर्णय कुरेर बस्ने भएका छन् ।  

उनको थप १० दिने घर विदा अस्वीकृत भएको अवस्थामा अब प्रहरी नियम अनुसार अनेक कारवाही भोग्नबाट जोगिन राजीनामा बाहेक अर्काे विकल्प भने छैन ।

एआईजीपी विश्वराज पोखरेल हाल प्रदेश समन्वय विभागको प्रमुख रहेका छन् । पोखरेलको मुद्दाको टुंगो कहिले लाग्छ यकिन छैन । प्रहरीमा हाल ३० वर्षे सेवा अवधि कायम रहेमा एआईजीपीको उमेर हद ५६ वर्ष र आईजीपीको उमेर हद ५८ वर्ष रहेको छ ।

पोखरेल आउँदो २०७९ साउन २० गते ५७ वर्ष लाग्छन् । २०७९ साउन २० गते अघि नै मुद्दाको किनारा लागेर उनको हकमा आदेश नभएको अवस्थामा स्वतः एआईजीपी पदबाटै अवकाश पाउनेछन् । साँघु साप्ताहिकबाट