शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

डेढ वर्षभित्र काठमाडौँ महानगरमा विद्युतका तार अन्डरग्राउण्ड हुन्छः मेयर साह

आइतबार, जेष्ठ २९ २०७९

काठमाडौं। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले आगामी डेढ वर्षभित्र काठमाडौँ महानगर क्षेत्रमा विद्युतका तार ‘अन्डरग्राउन्ड’ हुने बताएका छन् ।

आइतबार महानगर कार्यपालिकाको दोस्रो बैठकमा उठेका प्रश्नहरुको जवाफ दिँदै मेयर साहले डेढ वर्षभित्र तारहरु अन्डरग्राउन्ड हुने बताएका हुन् ।

बालेनसँग वडाध्यक्षहरुले खानेपानी, सडक, टेलिकमसँगका सहकार्य, बाढी, ढल र फोहोर व्यवस्थापन सम्बन्धी जिज्ञासा र सुझाव प्रस्तुत गरेका छन् । 

उनले सडक, विद्युत् र खानेपानीका प्रमुखलाई राखेर आफूले बैठक आयोजना गरेको र सो बैठकमा विद्युत प्राधिकरणबाट यस्तो प्रतिबद्धता आएको जानकारी दिएका छन् ।

हरेक महिनाको पहिलो सोमबार सडक, विद्युत्, खानेपानी लगायतका निकायका प्रमुखसँग बैठक आयोजना गर्ने र त्यसमा एक आपसमा सहकार्यको समीक्षा गरिने उनको भनाइ छ ।

एकीकृत योजनाअनुसार समन्वयात्मक ढंगले अघि बढ्ने साहले बताए ।