बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मुगुमा भयाे सैनिक भर्ना परीक्षा

आइतबार, जेष्ठ २९ २०७९

मुगु । हिमाली जिल्ला मुगुमा पहिलो पटक नेपाली सेनामा भर्नाको परीक्षा भएको छ ।

रारा राष्ट्रिय निकुञ्‍जमा रहेको श्रीबक्स गुल्म र गमगढीस्थित नन्दबक्स गुल्मले पहिलो पटक ५० सैनिक कोटाका लागि भर्ना परीक्षा लिएका हुन् । 

जसमा पाँच महिलासहित ५० सैनिक जवान कोटाका लागि भर्ना प्रक्रिया सुरु भएको हो ।

५० कोटाका ५१  महिलासहित २ सय ८१ जनाको आवेदन परेको नन्दबक्स गुल्मका सेनानी प्रवेश लिम्बुले बताए ।  भर्ना हुन मुगुसहित हुम्ला, जुम्ला, बाजुरा, बर्दिया, दैलेख सुर्खेतबाट युवा पुगेका छन् । 

शारीरिक परीक्षण र प्रारम्भिक मेडिकल परीक्षण पश्चात लोकसेवाले लिखित परीक्षा लिनेछ ।