शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

बैकिङ कसुर मुद्धाका फरार प्रतिवादी मोक्तान पक्राउ

शनिबार, जेष्ठ २८ २०७९

काठमाडौँ – बैकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उच्च अदालतबाट पाटनबाट ११ लाख ५० हजार रुपैयाँ जरिवाना र सात दिन कैद समेत तोकिएका फरार प्रतिवादी अनिल मोक्तानलाई शुक्रबार काठमाडौंको महाराजगञ्जबाट पक्राउ गरेको हो । 

उक्त कार्यालयका अनुसार बिदुर पौडेल, प्रदिप बास्कोटा, दिपक बहादुर अधिकारी, बालकृष्ण थापा मगरको छुट्टाछुट्टै  जाहेरीको आधारमा बैंकिङ कसुर सम्वन्धी चार थान मुद्धामा काभ्रेको भुम्लु गाउँपालिका वडा नं ५ घर भई हाल काठमाडौंको महाराजगञ्ज बस्ने ५६ बर्षिय मोत्तानलाई पक्राउ गरिएको हो । 

पक्राउ परेका मोक्तानलाई शुक्रबार नैं फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको कार्यालयको भनाई छ ।