शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सानिमा बैंकले ल्यायो ‘ग्रीन पिन’ 

शनिबार, जेष्ठ २८ २०७९

काठमाडौँ – सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रीन पिन ल्याएको छ । बैंकका अनुसार ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो ।

ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एस्.एम्.एस्.द्वारा पाएको कोडबाट आफ्नो डेबिट-क्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् ।

उक्त कोड पाएको २४ घन्टाभित्र नजिकैको सानिमा बैंकको ए.टि.एम् मा गएर पिन परिवर्तन गर्नु पर्ने छ ।

ग्रीन पिनको मुख्य उद्देश्य कागजी पिनलाई निरुत्साहित गर्नु र डिजिटल बैंकिङ्गलाई अझ सहज, सुरक्षित र सुबिधाजनक बनाउनु हो ।

सानिमा बैंकको देशको सातै प्रदेशमा एक सय २६ वटा शाखा कार्यालय तथा एक सय १७ वटा ए. टि. एम् संचालनमा रहेका छन् ।