शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जाजरकोटमा बोलेरो दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ जना घाइते 

शुक्रबार, जेष्ठ २७ २०७९

जाजरकोट । जाजरकोटमा आज बोलेरो (जिप) दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

  जुनिचाँदे गाँउपालिका–५ वलेबनमा बोलेरो सडकबाट अन्दाजी ५० मिटर तल खस्दा ३ जनाको मृत्यु भएको हो । दुर्घटनामा ८ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा जिपमा सवार दैलेखको गुँरास गाँउपालिका–७ की अन्दाजी ३४ बर्षीया कालिका शाही, सोही गाँउपालिका–५ शिवपुरीकी अन्दाजी ४० बर्षीया पुतला गिरी र सोही स्थानका अन्दाजी २१ बर्षीय दर्शन शाही रहेका छन् । 

दुई जनाको घटनास्थलमा र एक जनाको उपचारको लागी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते भएका अन्य सबैलाई उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल जाजरकोट तर्फ पठाइएकोमा हेलीकप्टरद्धारा थप उपचारको लागी सुर्खेत पठाउने तयारी भइरहेको छ । घाइते मध्ये चालक सहित ३ जनाको अवस्था गम्भीर रहेको छ । 

लुहादहबाट शिवपुरीतर्फ जादै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४१ नम्बरको बोलेरो (जिप) आज बिहान साढे ७ बजे एक्कासी ब्रेक फेल भएर पल्टिएको ईलाका प्रहरी कार्यालय गर्खाकोट जाजरकोटले जनाएको छ ।