बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

राष्ट्र बैंकद्धारा नगद मार्जिन सम्बन्धी एकीकृत परिपत्र २०७८ मा संसोधन

बिहिबार, जेष्ठ २६ २०७९

काठमाडौँ – नेपाल राष्ट्र बैंकले नगद मार्जिन सम्बन्धी एकीकृत परिपत्र २०७८ मा संसोधन गरेको छ ।

राष्ट्र बैंकले बिहिबार वाणिज्य बैंक र राष्ट्रियस्तरको विकास बैंकहरुको नाउँमा परिपत्र जारी गर्दे नगद मार्जिन सम्वन्धी व्यवस्थामा संसोधन गरिएको जानकारी दिएको हो ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी एकीकृत परिपत्र २०७८ मा संसोधन गरेको राष्ट्र बैंकको भनाई छ ।

संसोधित व्यवस्था अनुसार सुपारी, मरिच, केराउ र छोकडा आयातमा यसअघि कायम रहेको शतप्रतिशत नगद मार्जिनको व्यवस्था पुर्णरुपमा हटेको छ ।