शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पहिरोका कारण १५ घण्टादेखि पृथ्वी राजमार्ग अवरुद्ध, यात्रुको विचल्ली

बिहिबार, जेष्ठ २६ २०७९

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत चितवनको ईच्छाकामना गाँउपालिका–५ नाग्दी खोला नजिक २ स्थानमा पहिरो झरेका कारण अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको छ । 

दुईवटा जेसीबी प्रयोग गरेर पहिरो हटाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

पहिरोको कारण  सवारी साधनहरू नारायणगढ, आँबुखैरेनी, मौवाखोला, गजुरी आसपासको क्षेत्रमै रोकिएका छन् । १५ घण्टादेखि अवरुद्ध सडकका कारण यात्रुहरु विचल्लीमा परेका छन् ।

पहिरो झर्ने क्रम नरोकिएका कारण सडक खुलाउन समस्या परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक हिजोराति ११ बजेदेखि अवरुद्ध रहेको छ ।