बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

धादिङमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु 

बिहिबार, जेष्ठ २६ २०७९

धादिङ । धादिङको धुनिवेशी नगरपालिका–६ चालिसेमा गएराति ट्रकको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ । 

गोर्खाको गण्डकी गाँउपालिका ५ दरबुङ घर भएकी अन्दाजी ४४ बर्षीया राममाया विकको मृत्यु भएको हो । 

काठमाडौंबाट नारायणगढ तर्फ जादै गरेको ना ८ख ५१ ७३ नम्बरको ट्रकको ठक्करबाट गएराति साढे ९ बजे गम्भीर घाइते भएकी विकको उपचारको क्रममा ट्रमा सेन्टरमा राती साढे १० बजे मृत्यु भएको हो । 

ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।