बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपाल जोर्डनसँग पराजित

बिहिबार, जेष्ठ २६ २०७९

काठमाडौं । एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपाल बलियो टोली जोर्डनसँग २–० अन्तरले पराजित भएको छ । 

गत राति कुवेत सिटीस्थित जाबिर अल अहमद स्टेडियममा  पहिलो हाफमा जोर्डनलाई रोकेको नेपाल दोस्रो हाफमा भने त्यसलाई निरन्तरता दिन सकेन । जोर्डनको जित अलि ओल्वन र हाम्जा अल दारदौरले एक–एक गोल गरे ।

जितसँगै जोर्डनले पहिलो खेलबाट ३ अंक जोडेको छ  । नेपाल बिनाअंक समूह बीको पुछारमा छ । बुधबार नै भएको खेलमा आयोजक कुवेत इन्डोनेसियासँग १० ले पराजित भयो । 

नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुतारीले युवा खेलाडीले राम्रो प्रदर्शन गरेको र जोर्डनलाई रोक्न असफल भएको बताए । यस खेलमा दीपसँगै बिकास तामाङले समेत नेपालका लागि डेब्यु गरेका छन् । सेन्ट्रल ब्याक बिकास पूरा समय मैदानमा बिताएका थिए ।

अब नेपालले २८ जेठमा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।