शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

प्रहरीद्धारा ६२ लाख रुपैंयाँ जरिवाना ठहर भएका बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

बिहिबार, जेष्ठ २६ २०७९

काठमाडौँ – बैंकिङ कसुर सम्वन्धी मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले दोलखाको कालिञ्चोक घर घई हाल काठमाडौंको थानकोट बस्दै आएका ३४ बर्षिय अमर बहादुर तामाङलाई मंगलबार काठमाडौंको माकलबारीबाट पक्राउ गरेको जानकारी दिएको छ । 

उक्त कार्यालयका अनुसार सविनमाया तामाङको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी दोलखाको कालिञ्चोक गाउँपालिका घर भई हाल काठमाडौंको थानकोट बस्ने ३४ बर्षिय अमर बहादुर तामाङलाई बैंकिङ कसुर सम्वन्धी मुद्धामा ६२ लाख ३३ हजार रुपैंयाँ बिगो कायम भएको प्रहरीले जानकारी दिएको छ ।

सो पश्चात फरार भएका तामाङलाई काठमाडौको माकलबारीबाट पक्राउ गरी थप अनुसन्धानको लागि बुधबार जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पठाईएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।