बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

सिद्धार्थ बैंकद्वारा काली मन्दिर व्यवस्थापन समितिलाई सहयोग

बिहिबार, जेष्ठ २६ २०७९

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले यही जेठ २० गते शुक्रबारको दिन संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काली मन्दिरको पुर्वाधार विकासका लागि काली मन्दिर व्यवस्थापन समिति विराटनगरलाई ५१ हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

सो सहयोग रकम बैंकका तर्फबाट प्रदेश १ प्रमुख कमल बस्नेतले काली मन्दिर व्यवस्थापन समितिका सभापति श्रीमती डा. मीनाक्षी नेपाल, निवर्तमान सभापति सुदर्शन बहादुर श्रेष्ठ र कोषाध्यक्ष सुवर्णभक्त जोशीलाई संयुक्त रपमा हस्तान्तरण गरेका हुन । 

उक्त रकम काली मन्दिर व्यवस्थापन समितिले मन्दिरको साजसज्जा तथा सुन्दरता झल्काउने पुर्वाधार निर्माण गर्नका लागि प्रयोग गर्नेछ । धार्मिक महत्व र इतिहास बोकेको उक्त मन्दिरको पुर्वाधार विकासले आन्तरिक पर्यटन प्रर्वद्धनमा मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पुर्वाधार र सुरक्षा जस्ता क्षेत्र अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य बैंकको रहेको छ ।