शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

प्रधानसेनापतिद्वारा उपरथीलाई दर्ज्यानी चिन्ह प्रदान

बिहिबार, जेष्ठ २६ २०७९

काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी दिपककुमार बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकाललाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । उनीहरुलाई जेठ २३ गतेको मन्त्रिपरिषद्को बैठकले उपरथी दर्जामा पदोन्नती गरेको थियो ।

पदोन्नती भएका उपरथीहरू दिपककुमार बानियाँलाई नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्ष, होमनाथ दवाडीलाई निरीक्षणाधिकृत विभागका विभागीय प्रमुख र यामप्रसाद ढकाल युद्ध-मद्दती तथा युद्ध-सेवा मद्दती विभागका विभागीय प्रमुखको जिम्मेवारी दिइएको छ ।

सोही कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नती भएका दुई जना महासेनानीहरुलाई प्रधानसेनापति शर्माले सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।