बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नविल बैंक र महानगरबीच १३ बुंदे सम्झौता, उपत्यकाका १८ शाखाका शौचालयलाई सार्वजनिक बनाउने

बुधबार, जेष्ठ २५ २०७९

काठमाडौं । नविल बैंकले काठमाडौं महानगरपालिकासँग १३ बुंदे सम्झौता गरेको छ ।

सम्झौतासँगै बैंकले काठमाडौं उपत्यकाका आफ्ना १८ शाखामा रहेका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने भएको हो ।

सार्वजनिक बनाइएका सबै शौचालयको दायित्व बैंक स्वयम्ले बहन गर्ने जनाइएको छ ।
सम्झौतामा काठमाडौंमा नविल बैंकको १८ वटा शाखा कार्यालयमा रहेका चालु हालतका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने र सेवाग्राही वा अन्य व्यक्तिसँग कुनै शुल्क नलिने तथा आफ्नो कुनै किसिमको सेवा लिनका निम्ति करकाप र प्रोत्साहन पनि नगर्न बैंकले प्रतिवद्धता गरेको छ ।

महानगरको पक्षबाट प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल र बैंकको तर्फबाट प्रमुख कार्यकारी निर्देशक अनिल केशरी शाहले सम्झौतामा हस्ताक्षर गरेका छन् । 

Capture.JPG