बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेपालले आज बलियो टोली जोर्डनविरुद्ध प्रतिस्पर्धा गर्दै

बुधबार, जेष्ठ २५ २०७९

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज जोर्डनविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

आज राति कुवेतको जाबिर अल अहमद स्टेडियममा पहिलो खेल नेपालले बलियो टोली जोर्डनको सामना गर्नेछ । नेपाल र जोर्डनबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।

मुख्य ११ खेलाडी बिना नै कुवेत पुगेको नेपाली टोली सुखद् नतिजा निकाल्ने दाउमा छ । नियमित कप्तान किरण चेम्जोङ बिना नै मैदान उत्रिएको नेपाली टोलीलाई जोर्डनको सामना गर्न त्यति सहज भने हुनेछैन । किरणको अनुपस्थितिमा कप्तानको जिम्मेवारी नवयुग श्रेष्ठले पाएका छन् ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बैशाख १३ गते १० सिनियर खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।

कुवेत जानु अघि नेपालले कतारको दोहामा १० दिनको तयारी गरेको थियो । यहाँ नेपाली टोलीले ३ मैत्रीपूर्ण खेल समेत खेलेको थियो ।

छनोटको समूह ‘ए’ मा रहेको नेपालले जेठ २८ गरे घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।