बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेप्सेमा ४५ अंकको पहिरो, सबै सुचक रातै

मंगलबार, जेष्ठ २४ २०७९

काठमाडौं, जेठ २४

नेप्सेमा आज पनि पहिरो गएको छ । अघिल्ले दिन उच्च अंकले घटेको नेप्से आज मंगलबार पुन ४५ दशमलव ५९ अंकले घटेर दुई हजार २० दशमलव २३ अंकमा पुुग्दा सेन्सिटिभ ११ दशमलव २४ अंकले घटेर तीन सय ८९ दशमलव १२ अंकमा झरेको छ । दुई सय ३४ वटा कम्पनीहरुको २८ हजार नौं सय ५९ पटकको कारोबारमा ३८ लाख ८७ हजार सात सय ४८ कित्ता सेयर किनबेच हुंआ आज  कारोबार रकम एक अर्ब ३१ करोड २८ लाख छ हजार पाँच सय ६३ रुपैंयाँ पुगेको छ ।

 नेप्सेमा आज १३ वटा समुहको कारोबार हुंदा सबै समुहहरुको सुचक घटेर नेप्से रातै भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ३८ दशमलव ८६ अंकले घटेर १३ सय ८९ दशमलव ६० पुग्दा जलबिद्युत समुहको सुचक पनि ४७ दशमलव ६८ अंकले घटेर २३ सय ७३ दशमलव नौं अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि एक सय ३९ दशमलव ७८ अंकले घटेर आठ हजार तीन सय ४५ दशमलव ३५ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि ८७ दशमलव १८ अंकले घटेर नौं हजार पाँच सय ७६ दशमलव ४२ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, ट्रेडीङ्ग, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा उपकार लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन बैंक परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा एनाआईसी एशिया बैंक परेको छ ।