बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

‍कसलाई मन्त्री बनाउने भन्ने पार्टीको कुरा हो, अरुले होइनः झलनाथ खनाल

मंगलबार, जेष्ठ २४ २०७९

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा सांसद झलनाथ खनालले पूर्वसहमतिअनुरुप नै पार्टीका मन्त्रीहरुलाई फेरबदल गर्न लागेको बताएका छन्।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता खनालले कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीको सार्वभौम कुरा भएको बताए।

आफ्नो पार्टीको तर्फबाट कसलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीले नै निर्णय गर्ने भन्दै धर्तीका अरु कुनै तागतले रोक्न गर्न नसक्ने उनको भनाइ छ।

उनले ६ महिनासम्म एउटा समूह र त्यसपछि अर्को समूहलाई मन्त्रिपरिषद्‌मा पठाउने पार्टीमा पूर्वसहमति गरिएको स्पष्ट पारे।