बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमाले केन्द्रीय विभागमा युवा उद्यमी भुसाल

सोमबार, जेष्ठ २३ २०७९

काठमाडौं। विश्व प्रजातान्त्रिक युवा महासंघ (डब्ल्युएफडीवाई)का उपाध्यक्ष सुन्दर भुसाल उद्यमतासँगै राजनीतिमार्फत समाजसेवामा सक्रिय हुन थालेका छन्। उनलाई एमालेले केन्द्रीय विभागमा राखेको छ।

‘राजनीतिबाट नै परिवर्तन सम्भव छ। अहिले दलीय आवद्धता एउटा सवाल भयो, जिम्मेवारी लिएर परिवर्तनका लागि युवा सक्रिय हुन आवश्यक छ’, भुसाल भन्छन्।

उनले विदेशमा अध्ययन गरेको सीपलाई नेपालमा योगदान गर्ने लक्ष्य राखेका छन्।

नेकपा एमालेमार्फत राजनीतिक यात्रामा सक्रिय उनी गण्डकी प्रदेश सदस्य छन्। उनको कौशलताको मापन गरी एमालेले उनलाई केन्द्रीय विभागमा पनि स्थान दिएको छ।

एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभाजमा भुसाललाई केन्द्रीय सचिवालयले सदस्यमा मनोनित गरेको छ। एमाले पदाधिकारहरुले उनको योगदान सबल हुने अपेक्षाका साथ उक्त विभागमा मनोनित गरेको बताइएको छ।

दलको आवश्यक युवा व्यक्तित्वका रुपमा स्थापित भुसालले राजनीतिमा फड्को मार्नु कुशल काम भएको उनका निकटस्थ बताउँछन्। ‘अहिले युवाहरू अगाडि आउन थालेका छन्। एमालेले पनि उनको आवश्यक योगदानलाई स्मरण गरेका कारणले नै केन्द्रीय विभागमा राखेको हो’, एक नेता बताउँछन्।