बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विश्व वातावरण दिवस: सशस्त्र प्रहरी बल प्रधान कार्यालय परिसरमा वृक्षारोपण

आइतबार, जेष्ठ २२ २०७९

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय हल्चोक स्वयम्भु परिसरमा विभिन्न जातका ८१ वटा बोटविरुवा रोपिएका छन् ।

विश्व वातावरण दिवसको अवसर पारेर आइतबार सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालकोसमेत सहभागितामा विभिन्न जातका ८१ वटा बोटविरुवा रोपिएको हो ।

उक्त वृक्षारोपण कार्यक्रममा फलफूल लगायतका विभिन्न बोटविरुवाहरु रोपिएका छन् । 
त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत सशस्त्र प्रहरी बल, नेपालका अधिकृत, जुनियर अधिकृत तथा बिल्लादार जवानहरुको सहभागितामा वृक्षारोपण भएको थियो ।

यसैगरी विश्व वातावरण दिवसकै अवसरमा देश भरका सशस्त्र प्रहरी बल, नेपालका विभिन्न ईलाकाहरुमा समेत वृक्षारोपण गरिने कार्यक्रम रहेको छ ।