काठमाडौ, जेठ २२
नेपाल राष्ट्र बैंकले पुुन : २१ अर्ब नौं करोड रुपैयाँको ट्रेजरी बिक्री गर्ने भएकोे छ । जेठ २३ गते सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
जेठ २४ गते जारी मिति तोकिएकोट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन । यसरी बिक्री गरिने कुल ट्रेजरी मध्ये ९१ दिने अवधिको चार अर्ब २६ करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको छ अर्ब ८३ करोड रुपैंयाको रहेको छ । । सो दिन बिक्री हुने कुल ट्रेजरी मध्येमा पुरानो नविकरण अन्तर्गत १६ अर्ब नौं करोड र बाँकी पाँच अर्ब रुपैंयाँको रहेको छ ।
यि ट्रेजरी बिलहरुको परिपक्व हुने अवधि भने क्रमश २०७९ भदौ २१ गते, २०७९ भदौं २० गते र २०८० जेठ २३ गते तोकिएका छन् । यसअघि जेठ १६ गते पनि २३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।