काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको रोहीणी गाउँपालिका–३ स्थित भैरहवा परासी हुलाकी सडकखण्डमा पर्ने रोहीणी पुलमा भएको बस दुर्घटनाका घाइतेको उपचार गर्न निर्देशन दिएका छन् ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक नलप्रसाद उपाध्याय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीलाई टेलिफोन गरी घाइतेहरूलाई तत्काल अस्पत्ताल पु-याएर उपचारको व्यवस्था गर्न गृहमन्त्री खाँणले निर्देशन दिएका हुन् ।
रुपन्देहीका प्रहरी प्रमुख उपरीक्षक रेग्मीका अनुसार आज बिहान करिब ४ः४५ बजे बस दुर्घटना भएको हो । जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नं बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।
प्रहरी उपरीक्षक रेग्मीका अनुसार मृत्यु हुनेमा १ महिला र ८ पुरुष छन् ।