बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अटेरी अर्थमन्त्री

आइतबार, जेष्ठ २२ २०७९

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल जसरी पनि अगाडी बढाउने बताएका छन् । सर्वोच्चको फैसलालाई चुनौती दिंदै उनले यस्तो बताएका हुन् ।

शनिबार वीरगञ्ज उद्योग वाणिज्य संघको ४६ औं साधारणसभामा बोल्दै मन्त्री शर्माले निजगढ विमानस्थल यसै वर्ष निर्माण सुरु गर्ने प्रतिवद्धता जनाएका हुन् ।

‘निजगढ विमानस्थल बनाउने हो, बन्छ, यसै वर्ष सुरु गर्ने हो । यसको लागि म जे पनि गर्न तयार छु । यो जनार्दन शर्माको प्रतिवद्धता हो ।‘ कार्यक्रममा बोल्दै उनले भने ।

सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माण गर्न सरकारले गरेका सबै निर्णय बदर गरेको छ । त्यस्तै अदालतको पूर्णपाठसमेत आउन बाँकी नै रहेको छ । तर शर्माले यस्तो बताएका छन् ।