बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

शनिबार, जेष्ठ २१ २०७९

काठमाडौं – बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादीले काठमाडौंको चावहिलबाट पक्राउ परेका छन । केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले खोटाङ्ग हलेसी तुवाचुङ्ग नगरपालिका वडा नं. ९, सल्ले स्थायी घर भई हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ बस्ने ईन्द्र कुमार राईलाई आज शुक्रबार पक्राउ गरेको जानकारी दिएको छ ।

सिआईबीका अनुसार बिस २०७७ माघ २४ गते ग्लोवल आई एम ई वैंक लिमिटेड, भक्तपुर शाखामा रहेको निजको खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै सम्मानित उच्च अदालत पाटनले वैंकिङ् कसूरका मुद्दामा २०७९ बैशाख पाँच गते फैसला गर्दै प्रतिवादी बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा चार दिन कैद र १६ लाख ५० हजार रुपैंयाँ जरिवाना हुने ठहर गरेको सिआईबीले जनाएको छ । 

फैसला लगत्तै फरार रहेका प्रतिवादी राईलाई सिआईबीबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले चावहिलबाट पक्राउ गरेको हो । पक्राउ परेका राईलाई आज नैं काठमाडौं जिल्ला अदालतमा पेश गरेको सिआईबीले जनाएको छ ।