काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयर सिसडोलमा पुगेका छन् । मेयर बालेन्द्र शाह ‘बालेन’ भने दोस्रो पटक सिसडोल पुगेको हुन् ।
लामो समयदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या भइरहेपछि मेयर शाह र उपमेयर सुनिता डंगोल सिसडोल पुगेका हुन् ।
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेका मेयर शाहले बिहीबार साँझ मात्रै सहरी विकास मन्त्री रामकुमारी झाक्रीसँग परामर्श गरेका थिए ।
मन्त्री झाक्री तथा मेयर शाह र उपमेयर डंगोलले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच सहकार्य गरेर समस्याको समाधान गर्ने विषयमा छलफल गरेका थिए ।