शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

प्रहरी महानिरीक्षकको प्रतिबद्धता: दबावमा होइन उत्कृष्टताका आधारमा सरुवा/बढुवा

शुक्रबार, जेष्ठ २० २०७९

काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले राजनीतिक दबावले भन्दा पनि उत्कृष्टताका आधारमा प्रहरी कर्मचारीको सरुवारबढुवा हुने बताएका छन् । 

प्रहरी महानिरीक्षक भएको एक महिना पूरा भएको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाटका क्रममा उनले उत्कृष्ट र कार्य दक्षता हेरेर नै सरुवा/बढुवा हुने स्पष्ट पारे ।

मिडियामा आएका कतिपय कुरामा सत्यता नभएको उनले पत्रकारलाई बताएका थिए ।  सिंहले संगठन प्रमुख फेरिँदैमा प्राथमिकता नफेरिने बरु त्यसलाई सफलरुपमा कार्यान्वयन गर्नु महत्वपूर्ण कुरा भएको उल्लेख गरे ।

महानिरीक्षक सिंहले प्रहरी संठनको निष्पक्षतामा कुनै सम्झौता नहुने र प्रहरीको नियमभन्दा बाहिर जाने कारवाहीको भागिदार हुने बताउँदै उनले आफूले अहिले विगतका योजना कार्यान्वयनमा ध्यान दिएको समेत बताए ।

प्रहरी कार्यालयमा जाहेरी लिन आनाकानी गरेका सन्दर्भमा उठेको जिज्ञासामा उनले अपराध संहितामा प्रहरीले जाहेरी लिनुपर्ने कुरा स्पष्ट उल्लेख भएकाले कुनै प्रहरी कार्यालयले जाहेरी नलिएमा त्योभन्दा माथिल्लो कार्यालय वा प्रशासन कार्यालयमा जाहेरी दिन सकिने पनि सिंहले सुझाए ।

उनले संगठित अपराधमा तथा अन्य घटनामा वस्तुनिष्ठ अनुसन्धान गरी निष्कर्षमा पुर्याउन प्रहरी कटिबद्ध रहेको पनि बताए ।

निर्मला पन्त प्रकरणको अनुसन्धान आफ्नो प्राथमिकतामा रहेको बताउँदै महानिरीक्षक सिंहले विसं २०५१ पछि पहिलो पटक एकै चरणमा स्थानीय तहको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएकामा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।