शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको आईपिआ भोलि देखि खुल्ने

बुधबार, जेष्ठ १८ २०७९

काठमाडौं – एन आई सी एशिया फ्लेक्सी क्याप फण्डको आईपिआ यहीँ जेठ १९ गतेदेखि जेठ २४, २०७९ सम्म निष्काशन तथा बिक्री खुल्ला हुने भएको छ ।  एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एन आई सी एशिया फ्लेक्सी क्याप फण्डको प्रति इकाई मूल्य १० रुपैंयाँ अंकित दरको १० करोड इकाई मध्ये बीज पूँजी वापत न्यूनतम एक करोड ५० लाख इकाई कोष प्रवर्द्धन एन आई सी एशिया बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्युनतम आठ करोड ५० लाख इकाई यही जेठ, १९ गते देखि मिति २०७९ जेठ, २४ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गर्न लागिएको कम्पनीले जानकारी दिएको छ । 

एन आई सी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यस एन आई सी एशिया फ्लेक्सी क्याप फण्ड सात वर्ष अवधि रहेको चौथो बन्दमुखी योजना हो । योजनामा संकलित अधिकां श रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गरिने छ ।

उक्त योजनाको प्रमुख विषेशता भनेको योजनामा संकलित रकम सूचिकृत कम्पनीहरुमा लगानी गर्दा सूचिकृत कम्पनीहरुलाई स्मल क्याप, मिड क्याप तथा लार्ज क्याप गरी तीन समूहमा वर्गिकरण गरी जुन क्याप भित्र रहेका कम्पनीहरुबाट भविष्यमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ सोही समूह अन्तर्गतका कम्पनीहरुमा लगानी गरिन्छ ।

उक्त योजनाको न्यूनतम १०० इकाई र अधिकतम १ करोड इकाईसम्मको लागि खरिद आवेदन दिन सकिन्छ भने इकाई खरिदको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्वा (C-ASBA) सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुको शाखा कार्यालय र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको “मेरो शेयर” सफ् टवेयर मार्फत आवेदन दिनु पर्नेछ ।

एन आई सी एशिया फ्लेक्सी क्याप फण्डको प्रक्षेपित प्रतिफल दर तथा प्रति इकाई खूद सम्पत्ति विवरण निम्न अनु सार रहेको छ । उक्त फण्डमा लगानी गर्ने इकाईधनीहरुलाई योजनाको अवधिभरमा १३६ प्रतिशत भन्दा बढी प्रतिफल वितरण गरिने प्रक्षेपण गरिएको छ ।

इकाई खरीदका लागि नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचय पत्र) जारी भएका व्यक्ति, प्रचलित कानून बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरु जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गु ठी, अक्षय कोष आदिले इकाई खरिद गर्न आवेदन दिन सक्ने छन् ।

हाल क्यापिटलले एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत चार वटा योजनाहरु संचालन गरिरहेको छ । जस अन्तर्गत तीनवटा बन्दमुखी योजनाहरु एन आई सी एशिया ग्रोथ फण्ड, एन आई सी एशिया ब्यालेन्सड् फण्ड र एन आई सी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड) तथा एउटा खुलामुखी योजना एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड संचालन गरिरहेको छ ।

एन आई सी एशिया ग्रोथ फण्ड तथा एन आई सी एशिया ब्यालेन्सड् फण्ड”ले संचालनमा आएको पहिलो वर्ष देखि नै नगद प्रतिफल वितरण गर्न सफल भएको छ । ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत, दोश्रो वर्ष १२ प्रतिशत र तेश्रो वर्ष ३० प्रतिशत गरी हालसम्म ५२ प्रतिशत प्रतिफल वितरण गरिसकेको छ भने ब्यालेन्सड् फण्डले संचालनमा आएको पहिलो वर्ष ८ प्रतिशत र दोश्रो वर्ष ३० प्रतिशत गरी हालसम्म ३८ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ ।

पहिलो खुलामुखी योजना एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड संचालनमा आएको पहिलो वर्षमा नै १० प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ । उक्त प्रतिफल वितरण पश्चात् तथा धितोपत्रको दोश्रो बजार निरन्तर घटेर तल्लो विन्दुमा आईपुग्दाको अवस्थामा समेत हाल एन आई सी एशिया ग्रोथ फण्ड को खुद सम्पत्ति मूल्य (NAV) रु.१३.५५, एन आई सी एशिया ब्यालेन्सड् फण्ड को खुद सम्पत्ति मूल्य (NAV) रु. १२.७९ तथा पहिलो खुलामुखी योजना एन आई सी एशिया डाईनामिक डेप्ट फण्डको खुद सम्पत्ति मूल्य (NAV) रु. १०.८० कायम छ । 

तेश्रो बन्दमुखी योजना एन आई सी एशिया सेलेक्ट ३० (इन्डेक्स फण्ड) को खुद सम्पत्ति मू ल्य (NAV) रु. ९.८४ कायम रहेको छ । साथै रु. दु ई अर्वको पाँचौ बन्दमु खी योजना एन आई सी एशिया ग्रोथ फण्ड २ संचालन गर्न स्वीकृतिको लागि नेपाल धितोपत्र बोडमा निवेदन पे श गरिएको छ । पछिल्लो समयमा धितोपत्रको दोश्रो बजार घटेर तल्लो विन्दुमा आइसकेको अवस्थामा म्युचुअल फण्ड मार्फत गरिएको लगानीले राम्रो प्रतिफल दिन सक्ने हुँदा धितोपत्र बजार सम्बन्धी ज्ञान नभएका तथा सक्रिय रुपमा शेयर बजारमा समय दिन नसक्ने लगानीकर्ताहरुले म्युचुअल फण्डमा लगानी गरी उचित लाभ सकिने छ ।