शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आफ्नै कपाल खाने अनौठाे लत, उनको पेटबाट निकालियो ‘कपालको ठूलाे गुजुल्टाे’

बुधबार, जेष्ठ १८ २०७९

न्युयोर्क । अमेरिकामा आफ्नै कपाल तानेर खाने एक अनौठो लतमा परेकी महिलाको पेटबाट ठूलो ‘कपालको गुजुल्टाे’ निकालिएको छ ।

वाकवाक तथा बान्ता हुने र पेट अत्याधिक सुन्निएपछि उनीे एउटा अस्पताल पुगेकी थिइन् । जसका कारण पछिल्लो ८ महिनामा उनको १५ पाउन्ड तौल समेत घटेको थियो ।

उनको आन्द्राभित्र कपालको गुजुल्टो बेरिएर एउटा बल नै बनेको थियो ।  पेटभित्र जम्मा भएका कपालले उनलाई नराम्रो असर गरेको थियो । 

नाम गोप्य राखिएका ती महिलालाई जाँच गरेपछि चिकित्सकहरूले सो कुरा पत्ता लगाएका थिए । तत्काल उनको शल्यक्रिया गरिएको थियो ।

शल्यक्रिया गर्दा उनको पाँचन नलीमा एउटा कपालको गुजुल्टो नै फेला परेको थियो । कपालको सानो ‘पुच्छर’ उनको आन्द्रामा फसेको थियो । अर्को  चार सेन्टिमिटर कपाल आन्द्रभित्र बेरिएको थियो ।

३८ वर्षीया ती महिला दुर्लभ रापुन्जेल सिन्ड्रोमबाट पीडित भएको चिकित्सकले बताएका छन् । 

मेडिकल जर्नलमा प्रकाशित रिपोर्टअनुसार यस्तो सिन्ड्रोम भएका व्यक्तिले आफ्नै कपाल तान्छन् र कतिपय अवस्थामा तानेको कपाल खाइदिन्छन् । 

शल्यक्रिया गरी पेटबाट कपालको ठूलो गुजुल्टो निकालेपछि उनी ६ दिनपछि अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । चिकित्सकहरूले उनलाई मनोवैज्ञानिक थेरापी गर्न सुझाव दिएका छन् । 

एजेन्सी