शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बुढीगंगाको मतदानमा महान्यायाधिवक्ता खातीले हस्तक्षेप गरेको आयोगको निष्कर्ष 

बुधबार, जेष्ठ १८ २०७९

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको मतदानमा महान्यायाधिवक्ता खम्मबहादुर खातीले हस्तक्षेप गरेको निर्वाचन आयोगले निष्कर्ष निकालेको छ ।

बुढीगंगाको मतदानमा भएको घटनाको विषयमा छानविन गर्न निर्वाचन आयोगले गठन गरेको समितिले दिएको प्रतिवेदनले महान्यायाधिवक्ता खातीलाई दोषी देखाएको हो ।

निर्वाचन आयुक्त सगुनशमशेर जबराले स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदनमा महान्यायाधिवक्ता खातीले निर्वाचनमा खटिएका अधिकारीलाई बारम्बार फोनगरि दवाब दिएको र निष्पक्ष निर्वाचनलाई प्रभावित पार्न खोजेको उल्लेख गरिएको छ ।
बुढीगंगामा पुन: मतदान गर्न निर्वाचन आयोगले निर्णय गरेको छ ।

गत वैशाख ३० गते भएको स्थानीय तहकाे चुनावको क्रममा बाजुराको बुढीगंगा नगरपालिकाको १० मध्ये ६ वटा वडाको मतदानमा बूथ कब्जा भएको थियो ।

आयोगको आफ्नै छानबिन समितिको निष्कर्षविपरित निर्णय भएको भन्दै एमालेले अदालतमा मुद्दा दायर गरेको छ ।

बुढीगंगाको मेयरमा नेपाली कांग्रेसबाट महान्यायाधिवक्ता खातीका दाजु रंगबहादुर खाती उम्मेदवार छन् ।