बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आजदेखि मेलम्चीको खानेपानी वितरण बन्द

मंगलबार, जेष्ठ १७ २०७९

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङको सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको मूल ढोका (गेट) बन्द गरेको छ ।

योसँगै काठमाडौं उपत्यकामा मंगलबारदेखि मेलम्चीको खानेपानी वितरण बन्द गरिएको छ ।

सिन्धुपाल्चोकस्थित मुहानमा वर्षा सुरु भएकाले टनेलभित्र बालुवा गेग्रानसहित धमिलो पानी प्रवेश भएकाले टनेलको सुरक्षाका लागि भन्दै मंगलबारदेखि उपत्यकामा मेलम्ची खानेपानीको मूलढोका बन्द गरिएको जनाइएको छ ।

समितिले यसअघि नै बर्खा सुरू भएसँगै टनलेमा पानी पठाउन बन्द गरिने बताएको थियो ।

मौसमलाई हेरेर सुरूङमा पानी बन्द गरिएको हो । बन्द गरिएको सुरूङमार्ग अब वर्षापछि मात्रै खोलिनेछ ।