शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कुमारी बैंक र लाल रत्न अस्पतालबिच सम्झौता

मंगलबार, जेष्ठ १७ २०७९

काठमाडौं – कुमारी बैंक लिमिटेड र सुदुर पश्चिम प्रदेश लम्कीचुहा नगरपालिका स्थित लाल रत्न अस्पतालबिच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई लाल रत्न अस्पतालबाट प्रदान गरिने स्वस्थोउपचार सम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

सम्झौताअ नुसार कुमारी बैंकका ग्राहकहरुले सो अस्पतालबाट सेवा लिएवापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिटरक्रेडिट कार्ड वा मोबाइल बैंकिंगबाट गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन ।

यस सुविधाबाट सुदुरपश्चिम प्रदेशका सेवाग्राहीहरुले गुणस्तरिय स्वास्थ्य सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिने बिश्वास बैंकले लिएको छ । 

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८१ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।