शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मेयर बालेन्द्र साहको पहिलो निर्णय: नगरकार्यपालिकाको बैठक लाइभ गर्ने 

सोमबार, जेष्ठ १६ २०७९

काठमाडौं  । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले नगरकार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् ।

सोमबार पदभार सम्हालेपछि साहले महानगर कार्यपालिका बैठकको प्रत्यक्ष प्रशारण गर्ने निर्णय गरेका हुन् ।

नगरकार्यपालिकाको पहिलो बैठक सोमबार ४ बजेका लागि बोलाइएको छ । 

उनले आफ्नो घोषणापत्र अनुसार कार्यक्रमहरु कार्यान्वयन गर्ने बताए । 

नवनिर्वाचित  मेयर साहले आजै राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ खाएका थिए । उनलाई मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शपथ गराएका थिए ।