काठमाडौं । एमाले नेता तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले अर्थमन्त्री जनार्दन शर्माले दैलेखप्रति पूर्वाग्रह साँधेको आरोप लगाएका छन् ।
उनले आज सामाजिक सञ्जाल मार्फत अघिल्लो सरकारका पालामा बजेटमै व्यवस्था भएको सुर्खेतको कपासेदेखि दैलेखको डुंगेश्वरसम्मको सुरुङमार्गको सम्भाव्यता अध्ययनलाई वर्तमान सरकारले बजेटबाटै हटाइदिएको बताएका छन् ।
‘कर्णालीकै अर्थमन्त्री भएको बेला दैलेखप्रति साँधेको यस पूर्वाग्रह र विकासविरोधी कार्यका लागि खेद प्रकट गर्दछु ।’ उनले भनेका छन् ।
रिजालले ‘नयाँको त के आशा ! भएकै योजना हटाइएका छन्’ भन्दै गुनासो पोखेका छन् ।
