बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विमान दुर्घटनास्थल पुगेका स्थानीय भन्छन्: शव चिनिने अवस्थामा छैनन्

सोमबार, जेष्ठ १६ २०७९

पोखरा । आइतबार विहानदेखि हराएको जहाज मुस्ताङको कोवाङस्थित सानुसरे भीरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

मौसमका कारण त्यहाँ अझै सुरक्षा निकाय पुग्न सकेको छैन । स्थानीय इन्द्रसिंङ शेरचन लगायतको टोली घटनास्थलमा पुगेको छ ।

उनका अनुसार जहाज क्षतविक्षत अवस्थामा छ भने शवहरू चिनिने अवस्थामा छैनन् । कोही पनि चिनिने अवस्थामा नभएको र अवस्था भयावह भएको उनले बताए । 

जहाजमा २२ जना सवार थिए । कसैको पनि पहिचान खुल्ने अवस्था नदेखिएको स्थानीयले बताए ।