काठमाडौँ – सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिले सरकारद्वारा उत्पादित कपडा प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ । आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीले सरकारले उत्पादन गरेको कपडा प्रयोग गर्नुपर्ने नीति लिएको बताएका हुन्।
बजेटमार्फत रुग्ण उद्योगहरुलाई पुनर्संरचना गर्ने भन्दै सरकारले हेटौंडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्दै सार्वजनिक पदमा बसेकाहरुलाई उक्त उद्योगमा उत्पादित कपडा लगाउने व्यवस्था गर्ने घोषणा गरेको हो । सरकारले जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योगसहित अन्य रुग्ण उद्योग चलाउने समेत बताएको छ ।