काठमाडौं – सरकारले आगामी आर्थिक वर्षमा चक्रपथ बाहिरका जनतालाई पनि मेलम्चीको पानी वितरण गर्न पुर्वाधार विकास गर्ने भएको छ ।
मेलम्ची खानेपानी चक्रपथ बाहिर वितरणका लागि पाइपलाइ विस्तार गर्न सरकारले एक अर्ब ९२ करोड रुपैंयाँ बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै दोस्रो चरणमा चक्रपथ बाहिर समेत मेलम्चीको पानी वितरण गर्ने योजना अघि सारेका हुन ।
काठमाडौंको विकल्पका रुपमा सिस्नेरी र ठोस्ने खोलाको सम्भाव्यता अध्ययन गरिने घोषणा अर्थमन्त्री शर्माले गरेका छन ।