शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सशस्त्रका पूर्वडिआइजी कोइराला पक्राउ

शनिबार, जेष्ठ १४ २०७९

काठमाडौँ – सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइराला पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोइरालालाई काठमाडौंबाट आज पक्राउ गरेको हो ।

सर्वोच्च अदालतले मुद्दा उल्टाएको भोलिपल्टै उनी पक्राउ परेका हुन् ।

बिहीबार आफ्नै फैसला उल्टाउँदै सर्वोच्चले कोइरालालाई सर्वस्वसहित जन्मकैद गर्ने उच्च अदालतको फैसला सदर गरेको थियो ।

आफ्नै श्रीमती गीता ढकालको हत्यामा दोषी ठहर गर्दै उनलाई जिल्ला र उच्च अदालतले सर्वस्वसहित जन्मकैद सुनाएका थिए ।