शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

आज वागमती प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यतालिका

शुक्रबार, जेष्ठ १३ २०७९

हेटौंडा । आज वागमती प्रदेश सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट शुरु हुने बैठक प्रदेश सभाको दशौं अधिवेशनको पहिलो बैठक हो ।

पहिलो बैठकमा प्रमुख प्रतिपक्ष र विभिन्न दलका नेताहरुले शुभकामना सन्देश राख्ने र विभिन्न अध्यादेश पेस गर्ने कार्यतालिका छ भने दोस्रो बैठकमा प्रि बजेटमाथिको छलफल हुनेछ ।

पहिलो बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश र स्वास्थ्यमन्त्री निमा लामाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश सभामा पेस गरेका छन् ।

त्यसैगरी, युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले प्रदेश युवा परिषद ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश पेश गर्ने कार्यतालिका छ ।

प्रदेश निजामती सेवा अध्यादेश २०७८ र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७८ पनि संसदमा पेस हुने भएको छ । यी अध्यादेशहरु संसद सञ्चालन नभएको समयमा प्रदेश सरकारले ल्याएको थियो ।