बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्र बैंक माथि लक्ष्मी बैंकको “कु” असफल

बिहिबार, जेष्ठ १२ २०७९

श्रोत भन्छ, खेतानको आडमा शक्ति केन्द्र धाउने र गभर्नरलाइ हटाउने खेलमा थिए सिईओ शाह

काठमाडौँ  । व्यक्ति तथा समुहगत गुटको फाईदाको लागि खुलेको लक्ष्मी बैंकको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकमाथि नै ‘कु’ गर्ने प्रयास अन्तत असफल भएको छ । 
अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री शेरबहादुर देउवा समेतलाई बिश्वासमा लिई मन्त्री परिषदबाट नै गर्भनर महाप्रसाद अधिकारीलाई बिभिन्न आरोपहरुलाई लगाई हटाउन खोजेका थिए । सोही तयारीमा नीजि क्षेत्रमा निक्कै बिवादित रहेको खेतान समूह र यही समूहद्वारा सञ्चालित लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाह समेतले मलजल गर्ने काम गरेको खुलेको छ ।
 
सर्वोच्च अदालतको आदेशसंगै गर्भनर अधिकारीको पुर्नवहालीले उनीहरुको योजनामा ठेस पुग्यो । गभर्नर अधिकारी नियमितरुपमा काममा फर्के । सोही क्रममा गर्भनर अधिकारी र नेपाल राष्ट्र बैंक समेतमा ‘कु’ गर्ने प्रयास गर्न खोज्नेहरुको संलग्नता सार्वजनिक हुन थालेको छ । 
 जस अन्तर्गत लक्ष्मी बैंकलेसमेत गर्भनर अधिकारीलाई पदीय दायराबाट मुक्त गराई नियमनकारी निकाय नेपाल राष्ट्र बैंकलाई आफ्नो कान्छी औंलामा नचाउने प्रयास गरेको थियो । खैर, अदालतको आदेशसंगै लक्ष्मी बैंकको उक्त कार्य असफल भईसकेको छ ।
आम नागरिक बुझाई अर्थात भनौं बैंकको सर्वमान्य सिद्धान्त अनुसार बैंक भनेको नाागरिकसँग भएको रकम निक्षेपकोरुपमा लिएर नागरिकलाई कर्जा दिने त्यसबाट व्याज आम्दानी गर्ने र त्यसैबाट सिंगो बैंकिङ प्रणाली चन्ने गर्छ । बैंक भन्ने बित्तिकै जनताको निक्षेप राख्ने ऋण प्रवाह गरी सुशासनमुखी बित्तिय कारोवार गर्ने भन्ने बुझिन्छ  । तर बिवादित व्यवसायी राजेन्द्र खेतानको एकल दवदवा रहेको लक्ष्मी बैंकको ढाँचा, कामकारवाही भने दुरुस्तै फरक छ  । बैंक संचालनमा आएदेखि नैं विभिन्न रुपमा घुमाई फिराइ आफ्नालाई मात्रै पोस्ने, छलछाम गर्ने सञ्चालनमा रहेको लक्ष्मी बैंकमा धेरै घटनाहरु घट्ने गरेका छन् । ऋणीसँग होस् या जग्गाको ३५ दिने लिलामी गर्दा सबैमा सेटिंङ्ग चल्ने गरेको पाईन्छ । यिनै धन्दा वा सेटिंङ्गमा साथ दिएन भने लक्ष्मी बैंक भित्र सीईओको जागिर पनि धरापमा पर्ने हुन्छ । 
लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहको कार्यकाल धराप नहुनकै लागि प्रमुख शाहले खेतान कै निर्देशनमा बैंकलाई चलाउने गरेका छन् । सीईओ शाह बैंकरका हिसाबले पुराना र अब्बल मानिन्छन् तर खेतानको लागि मात्र काम गर्ने भएकाले उनको जागिर अहिलेसम्म सुरक्षित छ । पछिल्लो समय सरकारी सेवाबाट जागिर छाडेका रमन नेपाल बैंकको अध्यक्ष बनेका छन् । पूर्व कर्मचारी हुनाले नियमक निकायलाई के कसरी आँखामा छारो हाल्न सकिन्छ भन्ने उनलाई राम्रै ज्ञान छ । त्यही ज्ञानले गर्दा उनलाई अहिले सीईओ र उनले बिचमा विभिन्न फोहोरी खेल राष्ट्र बैंक बिरुद्ध खेलेका थिए । 
गभर्नर महाप्रसाद अधिकारी निलम्वन हुँदा धेरै खुसी हुने बैंकमा लक्ष्मी बैंक पनि एक रहेको खुलेको छ। सीईओ शाह विभिन्न रुपमा खेतानको आडमा शक्ति केन्द्र धाउने र गभर्नरलाई हटाउने खेलमा तल्लिन भएर लागेको बैंक उच्च स्रोतले बताउँछ ।  नियमक निकायबाट आफुले भने जस्तो नहुँदा राष्ट्र बैंक भित्रका सूचना चुवाहट गर्ने खेलाडी शाह न्यायालयबाट गभर्नर काममा फर्केपछि पानी माथिको ओभानो भएर भेट्न पुगेका थिए । बैंकिङ्ग चलाउने र ग्राहकलाई सेवा सुबिधा दिने तर्फ उनको सोच भन्दा पनि खेतानसंग दुनो सोझ्याउने र चाप्लुसी गर्ने र नियमक निकायमा सूचना शक्ति केन्द्रमा पुर्याउने प्रमुख कार्यकारी शाहको निक्कै नै अचम्म र चतुरको हर्कत रहेको छ । वित्तिय सुशासनलाई लत्याउने हुँदा नियमक निकाय कमजोर बनाउने लक्ष्मी बैंक भित्रका पात्रलाई राष्ट्र बैंकले कसरी हेरेको छ ? त्यो भने हेर्न बाँकी छ, हामी अहिले निरन्तर सोही घटनाको खोजीमा जुटेका छौं ।