शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पाँच कमजोर–कमजोरको गठजोडलाई एमाले एक्लै भारी

बिहिबार, जेष्ठ १२ २०७९

काठमाडौं । यस पटकको स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन र नेकपा (एमाले)बीच प्रतिस्पर्धा भयो । एमालेलाई पछार्न कमजोर–कमजोर मात्र होइन बहुसंख्यक जनताबाट तिरस्कृतहरु मिले । पाँच भन्दा बढी कमजोरहरुको झुण्डले बलियो एमालेलाई पराजित गर्नु कुनै नौलो कुरा भएन । तर पनि एमाले एक्लैको तागत देखेर अझै पनि गठबन्धन त्रसित नै छ ।

गठबन्धन मध्येको सत्ताको नेतृत्व गरेको दल नेपाली कांग्रेसले धेरै स्थानीय तहमा त जित्यो, अर्को दल माओवादी केन्द्रले पनि हैसियत राख्यो तर, उनीहरुसँगै हिडेका माधव नेपालको नेकपा एस र उपेन्द्र यादवको जनता समाजवादी पार्टीको अवस्था लज्जास्पद नै भयो ।  कांग्रेस र माओवादीका नेताहरु जितको उमंग मनाइरहेका बेला कमजोर देखिएका एकीकृत समाजवादी र जसपाका नेताले भने गठबन्धनको इमान्दारिता प्रति असन्तुष्टि देखाउन थालेका छन् ।

सत्तारुढ दलको केन्द्रीय निर्देशनअनुसार देशभरका धेरै जिल्लामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) जसपा लगायत पाँच दलबीच गठबन्धन भएको थियो । केन्द्रले निर्देशन नगरेका, अझ एमाले बलियो देखिएको अधिकांश स्थानीय तहमा उनीहरुले तालमेल गरेका थिए । जसको परिणाम त गठबन्धनका उम्मेदवारले केही स्थानीय तहमा विजय हासिल पनि गरे ।
 देशका ठूला शहर काठमाडौं, पो धरान, धनगढी, विराटनगर, वीरगञ्ज, जनकपुर, भरतपुर, दमक लगायत अधिकांश ठाउँमा सत्ताधारीबीच गठबन्धन भएको थियो । कमजोर–कमजोरहरु मिलेर जसरी पनि नेतृत्व हत्याउने योजना अनुसार केही स्थानमा उनीहरु सफल पनि भए । काठमाडौं, धनगढी, जनकपुर, धरान जस्ता ठाउँमा पाँच शक्तिहरुको पनि केही लागेन । यी ठाउँमा प्रमुखमा स्वतन्त्र उम्मेदवार हावी भए भने अधिकांश ठाउँको उपप्रमुख भने बरु एमालेले नै हत्यायो । यसबाट के प्रष्ट हुन्छ भने एमाले कुनै गठजोड भन्दा कमजोर रहेन छ ।
दाङको तुलसीपुर लगायत धेरै ठाउँमा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै एमालेले सानदार जीत निकालेको छ । लोकप्रिय मत र कुल मतलाई लिने हो भने अझै पनि एमाले नै ठूलो दलका रुपमा देखिएको छ ।

सबैको चासो र बहुचर्चित चितवनको भरतपुरमा गठबन्धनप्रति जनताले मत दिए । यहाँ गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल मेयरको उम्मेदार बनेकी थिइन् । चितवनको समग्र चुनावी नतिजालाई विश्लेषण गर्दा पाँच दलीय गठबन्धनका दललाई एमाले एक्लै भारी परेको देखियो ।

जिल्ला समन्वय समिति (जिसस) को प्रमुख र उपप्रमुख जित्न चाहिने मत गठबन्धन र एमाले दुवै पक्षलाई पुग्दैन । जिसस प्रमुख र उपप्रमुखको निर्वाचनमा पालिका प्रमुख/अध्यक्ष र उपप्रमुखरउपाध्यक्षले भोट हाल्छन् । एमाले र गठबन्धनसँग समान सात भोट छ । जिससको निर्वाचनमा गोलाप्रथा हुने पक्का भएको छ ।