शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

दैलेखमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

बिहिबार, जेष्ठ १२ २०७९

काठमाडौँ – दैलेखमा बुधबार राति बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । कालिकोटबाट सुर्खेत जाँदै गरेको म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका-२ सिस्ने नजिक दुर्घटनामा परेको हो ।

ज्यान गुमाउनेमा दैलेखको दुल्लु नगरपालिका-९ पदुकाका ३५ वर्षीय काशिराम पाण्डे, ३० वर्षीय धीरेन्द्र सुनार, कालिकोट पलाँता गाउँपालिका-३ का ३३ वर्षीय ज्ञानबहादुर बम र पलाँता गाउँपालिका-३ कै ३२ वर्षीया धनकला शाही रहेका जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक नरेश विकले जानकारी दिएका छन् ।

दुर्घटनामा गम्भीर घाइते १७ जनालाई राति नै उपचारका लागि सुर्खेत पठाइएको छ । दुर्घटनामा घाइते भएका अरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । बस सडकबाट झण्डै ५० मिटर तल कर्णाली नदीको छेउमा खसेको छ । चालक सुरेन्द्र डाँगी क्षेत्रीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक नरेश विकले जानकारी दिएका छन् ।