बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

मत गणना नसकिँदै काठमाडौं महानगरको प्रमुखमा बालेन साह विजयी

बुधबार, जेष्ठ ११ २०७९

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले जितेका छन् ।

गन्न बाँकी मतभन्दा निकटतम प्रतिस्पर्धी उम्मेदवारसँग उनको मतान्तर बढी भएपछि जित सुनिश्चित भएको हो । 

निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार बालेन साहले ५५ हजार ७४७ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३५ हजार ३७१ मत प्राप्त गरेकी छन् । 

बालेन र निकटतम प्रतिस्पर्धी सिर्जनाबीचको मतान्तर २० हजार ३७६ रहेको छ । काठमाडौं महानगरमा अब गणना गर्न बाँकी रहेको मत मात्र १९ हजार ३२३ रहेको छ । 

मतगणना गर्न बाँकी रहेको मत भन्दा उनको अग्रता बढी भएका कारण उनको जित सुनिश्चित भएको हो । 

हालसम्मको मतगणना अनुसार काठमाडौं महानगरको प्रमुखमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३४ हजार ६२६ मत प्राप्त गरेका छन् । स्थापितकोभन्दा बालेनले २१ हजार १२१ बढी मत पाएका छन् । 

काठमाडौं महानगरको प्रमुखमा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायामीले १० हजार ३२२ मत प्राप्त गरेका छन् । 

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा १ लाख ९१ हजार १२५ मत खसेको थियो । पछिल्लो अपडेट अनुसार १ लाख ७१ हजार ८०२ मतगणना भइसकेको छ । अब १९ हजार ३२३ मत गन्न बाँकी रहेको छ ।