शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पोखरा १८ मा नौ मत गायब हुँदा एमालेका पुष्कलबहादुर ३ मतले पराजित, पुनः मतगणना गर्न एमालेले दियो निवेदन

मंगलबार, जेष्ठ १० २०७९

पोखरा । पोखरा महागरपालिकाको वडा नम्बर १८ मा नेकपा एमालेले पुनः मतगणनाको माग गरेको छ ।

पोखरा १८ मा नेकपा एमाले ३ मतले नेपाली कांग्रेससँग पराजित भएको थियो । उक्त वडामा मुचुल्कामा भन्दा ९ मत कम भेटिएको थियो ।

एमाले उम्मेदवार पुष्कलबहादुर थापा र एमालेका महानगर कमिटी अध्यक्ष दीलिप न्यौपानेले मतगणनामा धाँधली भएको आरोप लगाएका छन् । ‘गणनामा गम्भीर त्रुटी छ । हराएको नौ मत हाम्रो हो,’ न्यौपानेले भने, ‘यो गणनामा गम्भीर आशंका छ ।’

उनले मतगणना पुनः नगर्दासम्म नतिजा नस्वीकार्ने बताए । यहाँ एमालेका उम्मेदवार तीन मतले पराजित भएका थिए । एमालेका उम्मेदवार थापाले १ हजार ६४० कांग्रेसका तिमिल्सिनाले १ हजार ४४६ मत पाएका थिए ।

मत ४ हजार २४७ खसेकोमा ४ हजार २३८ मात्र भेटिएको थियो । तर, पोखराका अन्य वडामा पनि केही मत तलमाथि भएको छ ।