शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रौतहटको फतुवा विजयपुरमा मतगणना स्थगित, गणनास्थल बाहिर प्रदर्शन

मंगलबार, जेष्ठ १० २०७९

बारा । रौतहटको फतुवा विजयपुर नगरपालिकामा मुचुल्काकोभन्दा ४१ वटा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको छ।

बढी मतपत्र फेला परेपछि पुन: मतदानको माग गर्दै नेकपा एमाले र नेकपा माओवादीले मतगणना स्थल बाहिर बिरोध प्रर्दशन गरेका छन् ।

फतुवा विजयपुर नगरपालिका(३ को मेवा गाउँको बुथमा मतदान अधिकृतले मुचुल्का उठाएर पठाएको तथ्यांकभन्दा ४१ वटा बढी मतपत्र फेला परेको प्रमुख निर्वाचन अधिकृत नारायण प्रसाद वाग्लेले बताए ।

निर्वाचन आयोगले बाकसमा खसेको मतलाई सदर मानेर गणना जारी राख्न निर्देशन दिएकाले आफूले मतगणना जारी राखेको निर्वाचन अधिकृत वाग्लेको भनाइ छ ।

नेकपा माओवादीका मेयरका उम्मेदवार अजय तिमल्सिनाले नेपाली कांग्रेसले सेटिङमा धाँधली गरेको आरोप लगाएका छन्।
 नेकपा एमालेका मेयरका उम्मेदवार विजय यादवले नेपाली कांग्रेसले स्थानीय प्रहरी प्रशासनको आडमा धाँधली गरेको र मेवा गाँउमा पुन: मतदान गर्नुपर्ने माग राखेका छन् ।

पुन: मतदानको माग गर्दै एमाले र माओवादीका मतगणना स्थलमा रहेका प्रतिनिधिहरू निस्केका छन् ।