काठमाडौँ । कृषि क्षेत्रमा क्रियाशील रहेका अरुणराज सुमार्गीको हरेक नेपालीको भान्सामा विषाधी रहित तरकारी पुर्याउने उदेश्यका साथ संचालनमा ल्याइएको थाहा कृषि वाटिका हेटौंडाको नवलपुर थानाभर्याङबाट आफ्नो कार्य शुभारम्भ गरेको छ l
बढ्दो खाद्यान्न तथा कृषिजन्य वस्तुको आयात र खाद्यन्न सुरक्षाका दृष्टिकोणले खाद्यान्न बालीको अनुसन्धानलाई प्राथमिकतामा राख्दै कृषिको व्यवसायकारण गर्न कृषि पेशालाई नाफामुलक पेशाका रुपमा रुपान्तरणका साथै उत्पादन र उत्पादकत्व बढाउन, परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै प्रशोधन, भन्डारण र बजारीकरण गर्ने मूख्य उदेश्यकासाथ संचालनमा आएको थाहा कृषि वाटिकामा अवलोकनका निम्ति सुमार्गीले अनुरोध समेत गरेका छन् l
सुमार्गी नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगत कृषि उद्यम तथा अनुसन्धान केन्द्रका सभापति समेत हुन् l केन्द्रका सभापति सुमार्गीको नेत्रित्वमा पहिलो चरणको राष्ट्रिय अभियान १०० किसान अभियान पनि सम्पन्न भएको थियो ।
सुमार्गीको नेत्रित्वले किसानलाई प्रविधिमैत्री बनाई जीविकोपार्जनमुखी कृषि पेशालाई व्यवसायीकरण गर्न यस्ता कयौं अभियान सुरु गरिएको छ।