शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पोखरामा गठबन्धनका मेयर उम्मेदवार धनराज जीत नजिक, उपमेयरमा भने एमालेकी मन्जुको जीत सुनिश्चित

मंगलबार, जेष्ठ १० २०७९

पोखरा । पोखराको मेयरमा गठबन्धनबाट उम्मेदवार बनेका धनराज आचार्यको जीत सुनिश्चित भएको छ भने उपमेयरमा एमालेबाट उम्मेदवार बनेकी मन्जु गुरुङ जीत नजिक पुगेकी छन् ।

आचार्यले मतान्तर धेरै बनाएर जित सुनिश्चित गरेका हुन् ।

हालसम्म गणना भएको १ लाख ३८ हजार २ सय ११ मत गन्दा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका एकीकृत समाजवादीका आचार्यले ५६ हजार ४ सय ७१ मत पाएका छन् ।

निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण थापाले ५१ हजार ५ सय ८५ मत मात्रै पाए । अझै ५ हजार मत गन्‍न बाँकी छ ।

उपमेयरमा भने एमालेकी मन्जु गुरुङ जीत नजिक पुगेकी छिन् । उनले कांग्रेसकी कोपीला रानाभाटलाई ४ हजार ३५ मत अन्तरले पछि पारेकी छिन् । गुरुङले ५८ हजार ५ सय ८२ मत पाउँदा रानाभाटको पोल्टामा ५४ हजार ५ सय ४७ मत परेको छ ।

पोखराको मेयरमा २३ जनाको प्रतिश्पर्धा थियो ।