बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

भरतपुर अपडेटः रेनुलाई फराकिलो अग्रता

आइतबार, जेष्ठ ८ २०७९

काठमाडौँ । भरतपुर महानगरपालिकामा ८९ हजार ७७५ मतगणना सकिएको छ।

महानगर प्रमुखमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले नेकपा एमालेका विजय सुवेदीलाई ७ हजार ४६५ मतान्तरले पछि पारेकी छन्।

दाहालले ३५ हजार २३० मत प्राप्त गर्दा सुवेदीले २७ हजार ७६५ मत प्राप्त गरेका हुन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८५२ मत प्राप्त गरेका छन्।

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाका हिमला गुरुङलाई १५ हजार ४८१ मतान्तरले पछि पारेका छन्।

अधिकारीले ३७ हजार ४३६ मत प्राप्त गर्दा गुरुङले २१ हजार ९५५ मत प्राप्त गरेकी छन्।